Trending :
 

कांग्रेस बैठकमा हिन्दूधर्मबारे बहस

मंसिर २७,२०७५

-

 
मंसिर २७, २०७५ काठमाडौं । 
 
कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ ।
 
केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् ।
 
यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।
 
यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए । नयाँ पत्रिका