Trending :
 

चक्रपथबाहिर मेलम्चीको पानी वितरण गरिने

पौष २२,२०७५

-

पुस २२, २०७५ काठमाडौँ

मेलम्चीको पानी चक्रपथबाहिर पनि विस्तार गरिने भएको छ । त्यसका लागि पाइप बिछ्याउन लागिएको छ । सुरुमा चक्रपथभित्रको बस्तीमा पानी वितरण सम्पन्न भएपछि मात्र बाहिर वितरण गरिने मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको थियो । 

तर, चक्रपथबाहिर पनि घना बस्ती विस्तार भएको र खानेपानीको माग थेगिनसक्नु भएकाले पहिलो चरणमै चक्रपथबाहिर पनि विस्तार गरिन लागिएको निर्देशनालयको प्रवक्ता दिवाकर ढकालले बताए । चक्रपथबाहिर पानी वितरणका लागि पाइप बिछ्याउन टेन्डर सम्पन्न भइसकेको र छिट्टै काम सुरु हुने उनले बताए ।

‘घना बस्ती भएका कपन, जोरपाटीलगायतका क्षेत्रमा ११५ किलोमिटर पाइप बिछ्याउन टेन्डर सम्पन्न भइसकेको छ, विस्तारै पानीको निकै समस्या भएका ठाउ“मा विस्तार गर्छौं,’ उनले भने ।

ढकालका अनुसार चक्रपथभित्रका विशालनगर, ताहाचललगायतका क्षेत्रमा पाइप बिछ्याउने काम अझै बा“की छ । चक्रपथभित्र बिछ्याउनुपर्ने एक हजार किलोमिटर पाइपमध्ये ७५० मिटर मात्र बिछ्याइएको उनले जानकारी दिए ।

नयाँ पत्रिका दैनिक