Trending :
 

दीपक मनाङेको शपथ नहुने

पौष २३,२०७५

-

पौस २३, २०७५ पोखरा

मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभा सदस्यको शपथ लिन नपाउने भएका छन् ।  

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन् । 

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थुनामा रहेका राजीव सर्वोच्च अदालतको आदेशमा पुस ६ गते रिहा भएका थिए ।

उनले प्रदेशसभा सदस्य निर्वाचित भएको भनेर निर्वाचन आयोगबाट प्राप्त प्रमाणसहित शपथका लागि पुस ११ गते निवेदन दिएका थिए । अन्नपूर्ण पोस्ट