माघ ०१,२०७५
-
माघ १, २०७५ एजेन्सी।
जितसँगै सिटीले शीर्ष टोली लिभरपुलसँगको अन्तर चार अंकले घटाएको छ । दोस्रो स्थानमा रहेको सिटीले २२ खेलबाट ५३ अंक बनाएको छ । लिभरपुलको ५७ अंक छ । तेस्रो स्थानमा रहेको टोट्टनहामको ४८ अंक छ । वल्भ्स २९ अंक सहित ११औं स्थानमा छ ।
वल्भ्सको घरेलु मैदानमा भएको एकपक्षीय खेलमा सिटीका लागि गाब्रीयल जेससले दुई र कोनोर कोडीले गोल गरे । सिटीले दुई गोल पेनाल्टीमा गरेको थियो । जेससले १०औं मिनेटमा खाता खोलेका थिए । उनले ३९औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
कोनोरले ७८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीको जित सहज बनाए । यसअघि १९औं मिनेटमा वल्भ्स १० खेलाडीमा समेटिएपछि सिटी हावी देखिएको थियो । वल्भ्सका विली बोली रातो कार्ड पाउँदै बाहिरिएपछि घरेलु टोली निरिह बन्यो ।
प्रमुख समाचार