Trending :
 

अधिकांश सांसद प्रेसर र सुगरका बिरामीः उपचार बिल १६ सयदेखि दुई लाखसम्म

माघ ०७,२०७५

-

माघ ७, २०७५ काठमाडौँ । 
 
संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । 
 
सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ ।
 
सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्र्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन् । 
नयाँ पत्रिका दैनिक