Trending :
 

‘दाइजो’ले ज्यान लियोः दुई वर्षे छोरीलाई विष खुवाइन् सीमाले

माघ ०७,२०७५

-

जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ ।  

जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शमौले दुई बर्षे शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए ।

प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन् । अन्नपूर्ण पोस्ट