Trending :
 

युरोपेली वायुले हिउँदे झरीसँगै हिमपात

माघ १०,२०७५

-

माघ १०, २०७५  काठमाडौँ । 

भू–मध्यसागर हुँदै भित्रिएको युरोपेली वायुको प्रभावले देशैभरि वर्षा र हिमपात भएको छ । यो क्रम अझै केही दिन दोहोरिने भएको छ । 

आज बिहीबार मौसम केही सुधार आए पनि भोलि शुक्रबार फेरि अधिकांश भेगको मौसम प्रभावित बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘शुक्रबार धेरै ठाउँको मौसम प्रभावित बन्ने गतिविधि विकास भइरहेको छ, हल्कादेखि मध्यमस्तको वर्षा दोहोरिने भएको छ ।’ महाशाखाका मौसमविद् सुजन सुवेदीले बुधबार साझँ नेपाल समाचारपत्रसँग भन्नुभयो ।

 

नेपाल समाचारपत्र