Trending :
 

आगोमा हिउँ तताएर पानी

माघ १२,२०७५

-

माघ १२, २०७५ काठमाडौं । 
 
हिउँ परेपछि पानीका धारा जाम हुन्छन् । चिसोले मुहानै जमाइदिन्छ । सलल बगेको पानी भर्न तमोर, घुन्सा जस्ता ठूला नदी–खोलामा पुग्नुपर्छ । कित ठाडा खोला धाउनुपर्छ ।

 

ती पनि घाम नलाग्दासम्म भित्रभित्र मात्रै बगेको सुनिन्छ । अर्को उपाय घरबाटै तातोपानी लैजाने हो । तातोपानीले हिउँ पगालेपछि बल्ल धारो बग्न थाल्छ । धेरै जसो चाहिँ सफा ठाउँमा थुप्रिएको हिउँ पगालेर खाने चलन छ । धारासम्म जान कठिन हुने भएकाले ठूलो भाँडोमा हिउँ भरेर अँगेनामा तताउने गरिएको छेतेन वालुङले बताए । कान्तिपुर  दैनिक