Trending :
 

दरबन्दी पूर्ति गर्न १० हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी

चैत्र १६,२०७५

-

चैत १६, २०७५ काठमाडौं ।
विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । 
 
शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो ।
 
शिक्ष ऐनम फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको थियो । नेपाल समाचारपत्रमा खबर ।