Trending :
 

जेठ मध्यबाट तातोपानी नाका सञ्चालनमा ल्याउने तयारी

चैत्र २७,२०७५

-

चैत २७,२०७५ काठमाडौं ।
 
नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो । 
 
 
मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिएका हुन ।
 
मुलुकको रणनीतिक महत्वको यो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेकको छ । 
 
 क्षतिग्रस्त ठाउँ र सडकखण्डमा कटान रोकथाम, पहिरो नियन्त्रणको कार्य भइरहेको छ । गोरखापत्र दैनिकमा दैनिकमा खबर छ।