Trending :
 

मोरङमा एकै दिन ६ जोडीको सम्बन्धविच्छेद,महिलाले लिएनन् अंश !

चैत्र २७,२०७५

-

चैत २७,२०७५ काठमाडौं ।
सम्बन्धविन्छेदन गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमानबाट अंश लिने गरेका छैनन् ।
 
आइतबार जिल्ला अदालत मोरङमा ६ जोडीले सम्बन्धविच्छेदन गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्रै थिए । सम्बन्धविच्छेद गर्ने महिला कसैले पनि श्रीमानबाट अंश लिएनन् । 
 
आइतबार जिल्ला अदातलमा मोरङले २ नम्बर इजलासमा न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले सम्बन्धविच्छेदको मिसिल हेरिरहनुभएको थियो । गोरखापत्रमा खबर छ।