Trending :
 

किर्ते कागज बनाई सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा

चैत्र २९,२०७५

-

चैत्र २९, २०७५ काठमाडौं ।
भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । 
 
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर व्यक्तिको नाममा गराएका हुन् । 
 
कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ । नागरिक दैनिकमा खबर छ।