Trending :
 

सेवामा नफर्केसम्म चिकित्सकसँग छलफल नगर्ने सरकारको अडान

चैत्र ३०,२०७५

-

चैत ३०,२०७५ काठमाडौं ।
सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ ।
 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ ।
 
मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा सञ्चालन नहुँदसम्म छलफल गर्न नसकिने बताए ।
 
चिकित्सक काममा नफर्केसम्म सरकार उनीहरुको मागप्रति सकारात्मक हुँदैन आन्दोलन छाडेर काममा फर्केपछि छलफल गरी समस्यको समाधान गर्न आफुहरु तयारी रहेको अधिकारीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।