निर्वाचन आयुक्त शाहले बालुवाटारको जग्गा श्रीमतीको नाममा खरिद गरेपछि...
-
बैशाख ४, २०७६ काठमाडौं ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहसमेत ललिता निवासको जग्गा अतित्रमणमा संलग्न रहेको देखिएको छ ।
पूर्वसचिव त्रिताल समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा खरिद गरेका थिए । उक्त जग्गा पहिला प्रधानमन्त्री निवास परिसरभित्र थियो ।
२०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालामा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएका थिए ।
उनले पछि ‘भूमाफिया’ शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदीमार्फत जग्गा बिक्री गरेको स्रोतले बतायो । शाहले जग्गा २०६१ सालमा बेचेका थिए । उनीमाथिसमेत कारबाही गर्नुपर्ने त्रिताल समितिको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले रोक्का राखेको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गामा गैरआवासीय नेपाली संघ ९एनआरएनए० को निर्माणाधीन भवनको जग्गासमेत परेको छ ।
एनआरएनएको निर्माणाधीन भवन रहेको ३ रोपनी १ आना जग्गा अतिक्रमितभित्रकै भएकाले रोक्कामा राखिएको भूमि व्यवस्था मन्त्रालयका अधिकारीले बताएका छन् ।
सरकारले २०२१ सालमा ललिता निवासले चर्चेको २९९ रोपनीमध्ये २८४ रोपनी मुआब्जा दिई अधिग्रहण गरेको थियो । २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा पञ्चायतकालमा लोकतान्त्रिक आन्दोलनमा लागेका कारण तत्कालीन सरकारले खोसेको जग्गा फिर्ता दिने निर्णय गरेको थियो ।
कान्तिपुरमा खबर छ ।