Trending :
 

दुुर्गममा सहुलियतको नुन ढुवानीमा करिब ३ करोड अनियमितता !

बैशाख ०९,२०७६

-

बैशाख ९, २०७६ काठमाडौं ।
 
दुुर्गम जिल्ला सहुलियतकमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ । नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भए पनि वितरण गर्ने डिपोले समेट्ने क्षेत्र र सोको जनसंख्या उल्लेख नगरी कोटाभन्दा बढी नुन वितरण गरेर अनियमिता गरेको महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 
 
साल्टट्रेडिङ कर्पोरेसनले दुर्गम तथा पहाडी जिल्लामा कोटा भन्दा बढी परिणाममा नुन वितरण गरी सो रकम दाखिल नगरेको पाइएकोे हो ।
 
कोटाभन्दा बढी परिणाममा नुन ढुवानी तथा बिक्री गरी ३ करोड १७ लाख अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 
 
सम्बन्धित ढिपोको जनसंख्या नखेलेका कारण समग्र जिल्लाको जनसंख्याका आधारमा गणना गर्दा सात वटा जिल्लामा कोटाभन्दा बढी नुन वितरण गरी आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । कारोबारमा खबर छ ।