Trending :
 

राष्ट्रपति भण्डारी न्यारोबडी जहाजमा चीन जाने, तीन दिनको भाडा एक करोड ६५ लाख !

बैशाख ०९,२०७६

-

बैशाख ९, २०७६ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । 
 
निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । 
 
यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
 
तीनदिने चार्टर्ड उडानको लागि लागत एक लाख ५० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।