Trending :
 

अनुचित काम गरेको आरोपमा दुई जिल्ला न्यायाधीश बर्खास्त

जेठ १६,२०७६

-

जेठ १६,२०७६ काठमाडौं ।
 
न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको छ । 
 
परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ । 
 
त्यसैगरी तनहँु जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा चलाउने निर्णय गरिएको छ । 
 
न्याय सम्पादनमा त्रुटि भेटिएको भन्दै तीन महिनादेखि काजमा तानिएका दुवै न्यायाधीशलाई अनुसन्धानपछि कारबाही गर्ने निर्णय गरिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।