Trending :
 

पत्रपत्रिका:

एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन नेकपामा उच्चस्तरमा छलफल

जेठ २२,२०७६

-

जेठ २२,२०७६ काठमाडौं ।
 
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन उच्चस्तरमा छलफल शुरु भएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल शुरु भएको छ । 
 
कार्य विभाजनबारे सचिवालय सहमति नजिक पुगेको र बुधबार बस्ने सचिवालय बैठकले टुङ्गोे लगाउने बताइएको छ । 
 
बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल भए पनि टुङ्गो नलागेको र बुधबार पुनः बसेर त्यसलाई टुङ्गो लगाउने सहमति भएको जानकारी दिए । 
 
आजको गोरखापत्र दैनिकमा खबर छ ।