Trending :
 

पत्रपत्रिका:

३ महिना बन्धक बनाएर दलित किशोरीमाथी सामूहिक बलात्कार

जेठ २२,२०७६

-

जेठ २२,२०७६ काठमाडौं ।
धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् ।
 
 
‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन ।’
 
अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्यायो । किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो ।
 
किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीरभरी पोलेका फोका छन् । कुटपटको नीलडाम छन् । 
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।