Trending :
 

पत्रपत्रिका:

मलेसियाको रोजगार खुलाउन कांग्रेसद्धारा संसद्मा प्रस्ताव दर्ता

जेठ २२,२०७६

-

जेठ २२,२०७६ काठमाडौं ।
नेपाली कामदारको भर्ना प्रक्रियामा गैरकानुनी रूपमा आर्थिक शोषण गरेको भन्दै एक वर्षदेखि बन्द मलेसियाको रोजगार खुलाउन विपक्षी सांसदले संघीय संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन् ।
 
कांग्रेस सांसद डिला संग्रौला पन्तले मलेसिया बन्द हुँदा लाखौं नेपालीको रोजगारी गुमेको र मुलुकले रेमिट्यान्स गुमाएको भन्दै मंगलबार प्रस्ताव दर्ता गरिन् । 
 
कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी सक्दो चाँडो रोजगार खुला गर्न उनको माग छ । गत वर्षको आठ महिनामा ७७ हजारभन्दा बढी युवा मलेसिया गएका थिए । यस वर्षको सोही अवधिमा तीन हजारभन्दा कम रहेको उनले बताइन् ।
 
‘दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बितिसक्यो । किन र के कारणले मलेसिया खुल्न सकेको छैन । सरकारले के पहलकदमी गरिरहेको छ रु’, कांग्रेसकी छाया श्रममन्त्री समेत रहेकी पन्तले भनिन्, ‘यस विषयमा सरकारले सदनलाई आश्वस्त बनाउनुपर्छ ।’ 
 
मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढदै गएको उनको भनाइ छ ।
 
कामदारलाई अनावश्यक आर्थिक भार नपर्ने गरी मलेसिया पठाउन सरकारले प्रयास गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले जेठ २ गतेअघि स्वास्थ्य परीक्षण,सुरक्षा जाँच भएर कलिङ भिसा आइसकेकाका कामदारलाई श्रम स्वीकृति दिइसकेको छ ।
 
मलेसियाले खडा गरेका संयन्त्रकै कारण द्विपक्षीय श्रम समझदारी ९एमओयू० कार्यान्वयनमा ल्याउन कठिन भएको श्रम मन्त्रालयको दाबी छ । मलेसियाले नेपालमा रहेको संयन्त्रमाथि समीक्षा भइरहेको भन्दै नयाँ निर्णय नआएसम्म पुरानो संयन्त्रमार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । कान्तिपुरमा खबर छ ।