Trending :
 

पत्रपत्रिका:

चिकित्सा शिक्षा ऐनमा संसदले हटाएको बुँदा राष्ट्रपतिबाट प्रमाणित !

जेठ २३,२०७६

-

जेठ २३,२०७६ काठमाडौं ।
 
राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसदले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणित भएको खुलासा गरेको छ ।
 
 संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गरेको ऐनमा भेटिएको छ । तर, एउटै ऐनमा विरोधाभास हुने अलग-अलग व्यवस्था भएकाले अन्योल बढेको उल्लेख छ ।
 
सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम हटाउन डा. गोविन्द केसीले माग गर्दै आएका थिए । 
 
सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो, तर विधेयक पारित हुँदा क्रमशः फेजआउट गर्ने वा स्तरोन्नती गर्ने उल्लेख थियो ।
 
सरकारले धोका दिएको भन्दै डा. केसी अनशनमा बसेका थिए । उनी अनशनमा बसेको बेला सरकारले पूर्वसम्झौताविपरीत विधेयक संसदबाट पारित पनि भएको थियो । तर, राष्ट्रपतिबाट प्रमाणित ऐनमा भने डा. केसीकै माग सम्बोधन हुने व्यवस्था आएको छ ।
 
ऐनको दफा १५ को उपदफा ४ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम सञ्चालन गर्ने छैन ।’ यसरी ऐनले डा. केसीको एउटा माग पूरा गरेको देखिन्छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।