Trending :
 

पत्रपत्रिका:

रसायनिक मलमा बिचौलियाको हालिमुहाली, मुल्य दोब्बर !

जेठ २३,२०७६

-

जेठ २३,२०७६ काठमाडौं ।
बिचौलियाका कारण रसायनिक मलको मूल्य सरकारले निर्धारण गरेकोभन्दा कयौं गुणा बढी तिरेर किसानले खरिद गर्न बाध्य भएका छन।
 
कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयको युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् ।
 
हेटौंबाट दामनसम्म ढुवानी गर्दा डिलरले थप २ रुपैयाँ लिन्छन् । यसो गर्दा प्रतिकिलो १८ रुपैयाँसम्म पर्छ । त्यसपछि डिलरले सहकारी वा खुद्रा पसललाई बेच्छ ।
 
 सहकारीले एक-दुई सय बोरा लिँदा सवारीभाडा प्रतिकिलो ५ रुपैयाँसम्म बढेर मूलय २३ रुपैयाँ पुग्न सक्छ । सबै जोड्दा अनुदानको मल प्रतिकिलो २५ रुपैयाँभन्दा बढी नाघ्दैन ।
 
दामनका किसानले भने ३० देखि ५० रुपैयाँमा खरिद गर्दै आएका छन् । उनीहरुका अनुसार खुद्रा पसलेले किलोमै ५० र सहकारीले ४४ रुपैयाँसम्म लिने गरेका छन् ।
 
आजको कान्तिपुर दैनिकमा खबर छ ।