Trending :
 

पत्रपत्रिका:

नेपाल रेडक्रसका तत्कालीन अध्यक्ष थापासहितका पदाधिकारीमाथि ५१ करोड हिनामिनको आरोप

जेठ २३,२०७६

-

जेठ २३,२०७६ काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिन गरेको आरोप लागेको समाचार छ ।
 
त्यसैले नेपाल रेडक्रसविरुद्ध थाइल्याण्डको थाई रेडक्रसले नेपाली दूतावासमार्फत उजुरी गरेको समाचारमा छ ।
 
यसैगरी राजधानीमै पशुपतिनाथ मन्दिरको २३२ रोपनी जग्गा अत्तोपत्तो नभएको समाचार पनि छ ।
 
बुधबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर पशुपतिनाथ मन्दिरको सम्पत्ती सार्वजनिक गरेको थियो । 
 
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कूल ५ हजार ८० रोपनी जग्गामध्ये २३२ रोपनी जग्गाको लागत दर्ता प्रमाणित हुन बाँकी रहेकाले सो जग्गाको अवस्था थाहा हुन नसकेको उल्लेख छ ।
राजधानी दैनिकमा खबर छ ।