Trending :
 

पत्रपत्रिका:

पशुपतिनाथको सम्पत्ति एक अर्ब २९ करोड नगद, ९ केजी सुन, चाँदी ३१६ केजी

जेठ २३,२०७६

-

जेठ २३,२०७६ काठमाडौं ।
 
पशुपति क्षेत्र विकास कोषले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति सार्वजनिक गरेको छ ।
 
पशुपतिनाथ मन्दिरको सम्पत्ति यकिन गर्नका लागि मिलनकुमार थापाको संयोजकत्वमा बनाइएको छानबिन समितिले बुधबार पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवलाई बुझाएको प्रतिवेदनमा कोषको मातहतमा रहेको चल–अचल सम्पतिको विवरण उल्लेख गरिएको हो ।
 
कोषले बुधबार राजधानीमा गरेको पत्रकार सम्मलेनमा कोषअन्तर्गत् एक अर्ब २९ करोड रुपैयाँ नगद, ९ किलो सुन र ३१६ किलो चाँदी रहेको जनाएको हो ।
 
कोषका सदस्यसचिव प्रदीप ढकालले कोषको स्वामित्वमा १८ हजार ३४२ रोपनी जग्गा रहेको जानकारी दिए ।
 
कोषले वि.सं. २०१९ देखि २०७५ सालसम्मको विवरण सार्वजनिक गरेको हो । आजका पत्रपत्रिकाले खबर लेखेका छन ।