Trending :
 

‘जनता सडक कार्यक्रम’ का लागि सांसदद्धारा १० करोड माग

आषाढ १६,२०७६

-

असार १६,२०७६ काठमाडौं ।
 
कर्णाली प्रदेशका सांसदले ‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग गरेका छन् । सरकारले आगामी वर्षको बजेटमा रकम घटाएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन् । 
 
यसको बजेट १० करोड पुर्याउन उनीहरुको माग छ । 
 
चालु आथिएक वर्षमा छुट्याएको ५ करोड रकम खर्च गर्न नसकेपछि आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रकम विनियोजन गरिएको छ । 
 
जनता सडकका लागि छुट्याएको रकम नबढाए सदन अघि बढ्न नदिने सांसदले चेतावनी दिएका छन् । 
 
विषयगत मन्त्रालयमा धेरै बजेट विनियोजन गरेको तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने सांसदलाई भूमिकाविहिन बनाउन लागेको आरोप लगाएका छन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।