Trending :
 

राति १० बजेसम्म साझा यातायात चल्ने

आषाढ २४,२०७६

-

असार २४,२०७६ काठमाडौं ।
साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । 
 
कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ । 
 
गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए ।
 
अहिले तीनवटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौँ, उनले भने, ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौँ ।
 
केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् । साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालन हुन्छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।