Trending :
 

भवन भत्काउदा पनि निकास भएन काठमाडौँ महानगरको ढल,दुर्गन्धले महामारीको त्रास

आषाढ २६,२०७६

-

असार २६,२०७६ काठमाडौं ।
काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ ।
 
ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ ।
 
महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो ।
 
तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो । सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो । 
 
ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ । आजको नागरिक दैनिकमा खबर छ।