Trending :
 

सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई तोकेभन्दा बढी सुरक्षाकर्मी !

श्रावण ०२,२०७६

-

साउन २, २०७६ काठमाडौं ।
 
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको छ । 
 
 
सभामुख महराले २८ जना सुरक्षाकमी पाएका छन् तर उनी हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन् । 
 
दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिएपनि सभामुखले भने अझै बढी सुरक्षाकमी पाएका छन् । दुवै पदाधिकारको अगुवा, पछुवा र क्याटरमा सो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ।