Trending :
 

जरिवाना तिरे लेसियामा गैरकानुनी बसेका कामदार स्वदेश फर्कन पाउने

श्रावण ०३,२०७६

-

साउन ३,२०७६ काठमाडौं ।
मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ ।
 
गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे ।
 
‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी कार्यक्रमअन्तर्गत गैरकानुनी कामदारले स्वदेश फर्कन ७०० रिंगिट जरिवाना शुल्क तिर्नुपर्नेछ । 
 
यासिनले उक्त कार्यक्रमको उपयोग गर्दै गैरकानुनी आप्रवासी अध्यागमन विभागका कार्यालयमा जरिवाना शुल्क तिरेर स्वदेश र्फन सक्ने बताए ।
 
घर फर्कन चाहने गैरकानुनी कामदार सम्बन्धित देशका दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्ने छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।