Trending :
 

मुआब्जा नपाएसम्म अन्नपूर्ण केबलकार निर्माण हुन नदिने स्थानीयको अडान

श्रावण ०५,२०७६

-

साउन ५, २०७६ काठमाडौं ।
स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ ।
 
जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर मोर्चाबन्दी गरेपछि गुरुङलाई यो असजिलो आइलागेको हो ।
 
गत पुस २९ गते शिलान्यास गरी सुरु गरिएको पोखरा महानगर पालिका बडा नं १८ मा पर्ने केबलकार योजना सर्वोच्च अदालतको फैसला र स्थानीय जनताको विरोधका कारण रोकिएको हो । सेदी बगरबाट सराङकोट हाइटसम्मका लागि एक बर्ष ६ महिनाभित्र केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबल कार प्रा।लि।ले उद्घोष गरेर काम थाले पनि प्रक्रिया नपु¥याएका कारण जटिलता सिर्जना भएको छ ।
 
अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ ।आजको नेपाल समाचारपत्रमा खबर छ
।