१७ वर्षे बालदम्पतीःबालविवाहविरुद्धका अभियन्ता
-
साउन ९,२०७६ काठमाडौं ।
नेपालगञ्ज उपमहानगर-२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्बलका अध्यक्ष गोविन्द विकले संस्थाकी सविच गीता थापासँग विवाह गरे ।
दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरु गाउँ छाडेर बसाइँ सरेका छन् । गोविन्द कक्षा १० र गीता उच्च माविमा अध्ययनरत थिए ।
जिल्लास्तरीय किशोरी क्लबकी अध्यक्ष बबिता खत्रीले पद सम्हालेको एक साता नबित्दै बिहे गरिन् । उनी १८ वर्षकी छिन् ।
गत वैशाखमा बैजनाथ गाउँपालिका-६ की १५ वर्षीय जानकी पुन र १६ वर्षी हीराबहादुर पुनले भागी विवाह गरे । कक्षा ९ मा अध्ययनरत जानकी किशोरी क्लबमा बसेर बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएकी थिएन् ।
तीन दिनपछि उनीहरुलाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइयो । गत असारमा बैजनाथ-३ की १५ वर्षीया बालिकाले आफूखुसी बिहे गरिन् । अजको कान्तिपुर दैनिकमा खबर छ ।