Trending :
 

गाउँ डुबेपछि स्थानीयले गण्डक नहरको डिल भत्काइदिए

श्रावण ०९,२०७६

-

साउन ९,२०७६ काठमाडौं ।
पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ । 
 
नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् । 
 
लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए । 
 
बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ ।  कान्तिपुर दैनिकमा खबर छ ।