Trending :
 

वायुसेवा निगम संकटमाः किस्ता तिर्न नसकेपछि सरकारसँग रकम माग

श्रावण १०,२०७६

-

साउन १०,२०७६ काठमाडौं ।
वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् । 
 
निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ  ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् । 
 
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०-२०० नामको वाइडबडी जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा तीनवटा किस्ता तिर्न सकेको छैन । 
 
निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यवसायिक योजनाअनुसार उडान नहुँदा गत आवमा मात्रै करिब दुई अर्ब घाटा भएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।