Trending :
 

तिलिचोभन्दा पनि अग्लो ठाउँमा अर्को ताल फेला पर्यो !

श्रावण १०,२०७६

-

साउन १०,२०७६ काठमाडौं ।
पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो ।
 
उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो ।
घलेले गाउँका बुढापाकासँग सोधे ।
 
गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो ।
 
उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० बाट उचाइ नापे । 
 
५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको लिलिचो ताल ९९४१९ मिटर० भन्दा अग्लो स्थानमा रहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।