Trending :
 

नेपाल-भारत आआफ्नै अडानका कारण कोसी उच्च बाँधमा कुरा मिलेन

श्रावण १३,२०७६

-

साउन १३, २०७६ काठमाडौं । 
नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । 
 
नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी-कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो ।
 
बैठकमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा सप्तकोसी उच्च बाँध परियोजना अघि बढाउन नसकिने भन्दै विराटनगरस्थित संयुक्त कार्यालयलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उठाएको थियो ।
 
भारतीय  पक्षले भने कार्यालयलाई निरन्तरता दिँदै परियोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ।