Trending :
 

चक्रपथका ठेकेदार पुल बनाउनै आनाकानी

श्रावण १३,२०७६

-

साउन १३,२०७६ काठमाडौं । 
चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ ।
 
यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।
 
चीन सरकारले यस सडकमा कोटेश्वर र धोबीघाटमा गरी दुई स्थानमा आकाशे पुल निर्माण गरेको थियो । विभागले दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का लगाई ठेकेदार छनोट भइसकेर काममा लागिसकेको त छ तर अहिलेसम्म कुनै पुल सम्पन्न भइसकेको छैन ।
 
सानेपा, बल्खु र महालक्ष्मीस्थानबाहेक सबै स्थानमा काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका इन्जिनियर निरञ्जन शर्माले सानेपा र बल्खुमा जगको कामबाहेक केही नभएको र महालक्ष्मीस्थानमा सुरु समेत नभएको बताए । 
 
उनका अनुसार असार मसान्तसम्म ६ वटै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर दुई वर्ष्भित्र नबनेको पुल यो असारमा पनि सम्पन्न हुन सकेन । 
 
६ वटै पुल निर्माण सम्पन्न गर्ने समयावधि यो असार मसान्तसम्म थियो । तर कुनैमा काम आधा पनि सकेको छैन भने कुनैमा सुरु समेत भएको छैन’ उनले बताए ।