Trending :
 

अपराधमा न्याय दिलाउन नेपाल असफल भएको निष्कर्ष

श्रावण १४,२०७६

-

साउन १४,२०७६काठमाडौं ।
सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् । 
 
एमनेस्टी इनटरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गर्दै टिआरसी पुनर्गठनमा भइरहेको ढिलाइ र आयुक्त नियुक्तिको ‘अपारदर्शी प्रक्रिया’ प्रति असन्तुष्टि जनाएका छन्  । आजको कान्तिपुर दैनिकमा खबर छ ।