Trending :
 

सुदूरपश्चिम विश्वविद्यालयमा सधैं तालाबन्दी

श्रावण १४,२०७६

-

साउन १४, २०७६काठमाडौं ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प छ । 
 
प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई जिम्मेवारीबाट मुक्त गरी चैत २७ गते मा विज्ञान तथा प्रविधि संकायका डिन डा.गोविन्द विष्टलाई रजिष्ट्रारको जिम्मेवारी दिएपछि नेविसंघले तालाबन्दी गरेको हो ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।