Trending :
 

अध्यागमनले नक्कली राहदानी नचिन्दा

श्रावण १६,२०७६

-

साउन १६,२०७६ काठमाडौं ।
रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । 
 
उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन अधिकारीहरुसँग नक्कली राहदानीवाहक व्यक्तिलाई  किन आगमन छाप दिएको भनेर सोध्दा एउटै जवाफ दिन्छन्, अध्यागमनको प्राविधिक पक्ष कमजोर छ । फादेबारे पनि त्यही भयो ।’
 
अध्यागमनको कर्मचारीको भनाइ एउटा सीमासम्म सत्य छ । ‘बायोमेट्रिक्स’ सहितको सप्टवेयर प्रणाली छैन । गतिलो प्रविधि नहुँदा अवाञ्छित विदेशीले सहजै प्रवेश पाउने गरेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।