Trending :
 

काठमाडौँ महानगरद्धारा स्थानीय कानुन बनाई कार्यान्वयनमा

श्रावण १६,२०७६

-

साउन १६,२०७६ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आ.व. २०७५/०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ ।
 
ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, ९२०७५० लगायत छन् ।
 
उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । 
 
उनका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवर्धन गर्न सहरी क्षेत्रको झण्डै १ सय ६० स्थानमा करिब ५ करोड लगानीमा महानगरीय प्रहरीको सहकार्यमा मुख्य-मुख्य चोकहरुमा सिसिटिभी क्यामरासहितको ट्राफिक लाइट राख्ने जस्ता कार्यहरूले निरन्तरता पाएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।