Trending :
 

नियमावली संशोधन गर्दै ठेकेदारलाई एक वर्ष म्याद थप !

श्रावण २०,२०७६

-

साउन २०,२०७६ काठमाडौं ।
सरकारले सार्वजनिक खरिद नियमावली आठौं पटक संशोधन गर्दै पूरा नभएका सबै ठेक्कालाई एक वर्ष म्याद थप गर्न सकिने प्रावधान राखेको छ । 
 
निर्माण व्यवसायीले भने आफ्नो अनुरोधअनुसार नियमावली संसोधन भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । 
 
आठौं संशोधनले जेठ २३ गते अघि सम्झौता भएका तर काम नसकिएका ठेक्काको म्याद एक वर्ष थप गर्न बाटो खोलिदिएको छ । 
 
जेठ २३ अघि खरिद सम्झौता भई कार्य सम्पन्न हुन नसकी म्याद थपका लागि निवेदन परेका सम्झौताको हकमा बढीमा एक वर्षका लागि एक वर्षको म्याद थप गर्न सक्नेछ,’ संशोधित व्यवस्थामा भनिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।