Trending :
 

वीरगन्जमा २३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउने प्रयास

श्रावण २४,२०७६

-

साउन २४, २०७६ काठमाडौं ।
 
वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक ९गौचरन० जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।
 
महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर-आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो ।
 
वीरगन्ज औद्योगिक क्षेत्र नजिक रहेको घरवानीपुर–आइसिपी बाइपास सडकखण्डबाट दक्षिण जगरनाथपुर चोक जोड्ने मूल बाटो छेउमा सो जग्गा छ । जगरनाथपुर क्षेत्रमा कट्ठाको ८० लाख रुपैयाँ पर्ने स्थानीय बताउँछन् । 
 
यस आधारमा करिब २३ करोड ६० लाखसम्म मूल्य पर्ने सो जग्गा मास्के परिवारले आफ्नो नाममा बनाउन खोजेको स्थानीयले बताए । आजको नागरिक दैनिकमा खबर छ।