Trending :
 

आईएनजीओले ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरे

श्रावण २४,२०७६

-

साउन २४, २०७६ काठमाडौं ।
 
सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ० हरुले  पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । 
 
सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४-०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । 
 
सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 
 
अपचलन भएको रकम चालु आव २०७६-०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आवको बजेटको ८ प्रतिशत हुन आउँछ । समाज कल्याण परिषद्बाट आईएनजीओले ३ वर्षमा ५८ अर्ब ५८ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको परियोजना सञ्चालन स्वीकृति लिएको महहालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ। आजको कान्तिपुर दैनिकमा खबर छ।