सार्वजनिक र वन क्षेत्रको १३ रोपनी जग्गा भूमाफियाको कब्जामा

श्रावण २६,२०७६




साउन २६, २०७६ कामाण्डौं ।
नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ ।
 
धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै रहेको सार्वजनिक २ रोपनी जमिन कब्जा गरी कित्ता नम्वर १४ मा मिसाएर प्लटिङ्ग गरिएको हो ।
 
कित्ता नम्वर १५ लाई कित्ता नम्वर १४ भित्रै पारी पास गरेका तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिसविना २२ रोपनी २ आना ३ दाम गरिएको छ ।
 
सार्वजनिक दुई रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको छ । पञ्चायत कालीन वडा अध्यक्षसमेत रहेका पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रवीन्द्र अधिकारीका नाममा सगोलनामा पास गरिदिएका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।