मन्त्रिपरिषदका निर्णय:

ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनी नियुक्त

भाद्र ०५,२०७६

-

भदौ ५,२०७६ काठमाडौं ।
 
सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ । भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् ।
 
त्यस्तै मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।