वाई वाई चाउचाउ गुणस्तरहीन, चौधरी ग्रुपलाई २ लाख जरिवाना

बैशाख १४,२०८१

-आस्था न्यूज

बैशाख १४, २०८१ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई चाउचाउ कम गुणस्तरको भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गरेको हो ।
 
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा १ को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको विभागले जनाएको छ। वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।