Trending :
 

रित्तो गाउँमा विकासका योजनका चाङ्ग, बजेटमा हालिमुहाली

भाद्र ०९,२०७६

-

भदौ ९, २०७६ काठमाडौं ।
गाउँमा ४१ परिवार थिए । त्यसमध्ये ३० परिवार बसाइँ सरी कैलाली र कञ्चनपुर गइसके । उनीहरु उतै मग्नमस्त छन् । ११ परिवार मात्र रहेको गाउँ अहिले सुनसान लाग्छ ।
 
यो बैतडीको मेलौली नगरपालिकाको विशालपुर गाउँ हो । गाउँले नभएर के भो? यहाँ विकासका योजना भने फालाफाल छन् । 
 
गत वर्ष मात्र यहाँ २ करोड रुपैयाँ लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढीका योजना गाउँमा परेका छन् । केही योजना बने । केही बनेका छैनन् । 
 
तर कागजमा ती बनिसके । काम नभए पनि सम्पन्न भएको देखाएर ‘बाँडीचुँडी खान’ रकम भुक्तानी भइसक्यो । आजको कान्तिपुर दैनिकमा खबर छ।