Trending :
 

त्रिविबाट निस्कीदा उपकुलपति खनियाको विवादस्पद निर्णयः

प्रवेश परीक्षा नै नलिई निजी मेडिकल कलेजमा विदेशी विद्यार्थीलाई भर्ना लिन पाउने स्वीकृति !

भाद्र १२,२०७६

-

भदौ १२, २०७६  काठमाडौं ।
 
त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ । 
 
निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेका छन् । 
 
निर्णयबारे बैठकमा सहभागीहरुले फरक÷फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनीयाँ लगायतले बैठकमै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइएन । 
 
यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् । आजको कान्तिपुर दैनिमा खबर छ ।