Trending :
 

डेढ वर्षदेखि बन्द मलेसिया खुलाउने निर्णय शुक्रबार हुने

भाद्र २६,२०७६

-

भदौ २६, २०७६ काठमाडौं ।
करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ । 
 
मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल(जेडब्लुजी)को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो । यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए । 
 
‘वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं । केही विषयमा सहमति नजिक पुगेका छौं ।’, बैठकमा नेपाली टोलीको नेतृत्व गरेका श्रममन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भन्नुभयो,‘ शुक्रबार निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौं ।’ आजको नागरिक दैनिकमा खबर छ ।