Trending :
 

लाखौँ रुपैयाँ बुझ्ने कर्मचारीलाई कर मिनाहा दिने तयारी !

मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट भने एक प्रतिशत कर:

भाद्र २६,२०७६

-

भदौ २६, २०७६ काठमाडौं ।
मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौँ रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ ।
 
आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ ।
 
तर कानुनले तोके पनि १० वर्षदेखि वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन् । अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । 
 
परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।